रौतहट डुङ्गा दुर्घटना : दुईको शव फेला, तीनजना अझै वेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ६:३५

रौतहट । रौतहटमा डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् ।

गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ ।

डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । ओमप्रकाश डुङ्गाका सहचालक हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो । पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गा दुर्घटना भएको हो । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरिरहेका छन् ।रासस

२०७५ भदौ १० गते ६:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर