खाजा घरमा १४ वर्षीया बालिका ग्राहकबाटै बलात्कृत
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते १०:२०

काठमाडौँ । काठमाडौंमा एक किशोरी बलात्कृत भएकी छन् । देशभर बलात्कारविरुद्ध आन्दोलन भइरहेका बेला शनिबार साँझ तारकेश्वरमा १४ वर्षिय किशोरी बलात्कारमा परेकी हुन् ।
नेपालटारस्थित खाजा घरमा काम गर्ने किशोरी बलात्कारमा परेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।पीडित किशोरी सोही खाजा घरमा मजदुरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
बोहराले मदिरा पिएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अभियुक्तलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए ।
२०७५ भदौ १० गते १०:२० मा प्रकाशित