दाजुभाइले समाते यस्तो माछा, पलभरमै भयो पैसाको वर्षा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ११:०६

एजेन्सी। भनिन्छ जब भाइग खुल्छ तब डोकोमा दुध दुहे पनि अडिन्छ । समुद्रमा माछा मार्ने दुई दाजुभाइको जीवनमा पनि यस्तै भएको छ । उनीहरुको हातमा यस्तो माछा परेको छ कि पलभरमै पैसाको वर्षा भएको छ । महाराष्ट्रका यी दुई दाजुभाइको जालमा परेको माछाले उनीहरुलाई एकैछिनमा धनवान बनाइदियो ।

पालघरमा यी दुई दाजुभाइ माछा मार्दै थिए । यही क्रममा उनीहरुको पालमा एउटा ३० किलोको माछा फस्यो । उनीहरु तत्कालै त्यो माछा बेच्न गए । जब उनहिरु माछा बजार पुगे उनका ग्राहकले त्यो माछलाई ओल्टाइ पल्टाइ हेर्न थाले । यी दाजुभाइले जुन माछा समातेका थिए त्यो माछा घोल प्रजातिको थियो । अन्तर्राष्ट्रिय बजारमा त्यो माछाको माग अत्यन्तै उच्च छ ।

घोल माछाको फोक्सो र मासुको प्रयोग महंगा औषधी र सौन्दर्य प्रसाधन बनाउन गरिन्छ । मानिसको अपरेशनको क्रममा प्रयोग हुने सोल्युबल टाँका बनाउन पनि यो माछाको प्रयोग गरिन्छ । सिंगापुर, मलेसिया, इण्डोनेसिया, हङकङमा यो माछाको अत्याधिक माग छ । सामान्यतया एक माछाको मूल्य १ हजार रुपैयाँ पर्छ तर ती दाजुभाइले त्यो माछाको मूल्य अत्यन्त धेरै पाएका छन् ।

उनीहरुले समातेको घोल माछा ५ लाख ५० हजार भारु (झण्डै ९ लाख नेपाली रुपैयाँ)मा बिक्री भएको छ । ती दाजुभाइका अनुसार त्यो माछा बजार पुर्याएको २० मिनेटमै बिक्री भएको थियो । यी दुई दाजुभाइ महेश र भरत महाराष्ट्रको पालघरमा मोब्रे गाउँमा बस्छन् । उनीहरुले अरब सागरमा माछा समातेका थिए ।

२०७५ भदौ १० गते ११:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर