बच्चा जन्माउने महिलालाई तीन लाख पुरस्कार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ११:१५

काठमाडौँ । जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ । २००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो । यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ । २०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो । मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ ।

आगमी १० वर्षको अवधिमा जनसंख्या एक तिहाइले कमी हुने अनुमान गरिएको छ । यो समस्याको समाधनका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । जापानमा बच्चा जन्माएबाट सरकारले २ लाख ९६ हजार रुपैया प्रोत्सासहन स्वरुप दिने गरेको छ । जनसंख्या बढाउनका लागि सरकारले बजेटमा २ देखि ३ प्रतिशत बजेट छुट्याएको छ । जापानमा हाल बच्चा जन्माउने दर १.४४ छ । सरकार यसलाई बढाएर १.८ पुर्‍याउन चाहन्छ ।

२०७५ भदौ १० गते ११:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर