दुलही झै सिंगारिँदै काठमाडौँ, हेर्नुहोस् १० तस्विर
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते ११:३०

आर्यन धिमाल
काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौँलाई दुलही झै सिंगारिने काम तीव्र गतिमा भइरहेको छ।
आगामी भदौं १४ र १५ गते बिम्स्टेक शिखर सम्मेलन हुँदैछ। सोही सम्मेलनमा आउन लागेका ६ राष्ट्रका विदेशी पाहुनाहरुको स्वागतका लागि काठमाडौँलाई दुलही झै सिंगारिएको हो।
विशेष गरेर विदेशी पाहुना जाने स्थानहरुमा यस्तो कार्य भइरहेको छ। जहाँ खाल्डाखुल्डी सडकलाई धमाधम कालोपत्रे गरिदैं छ त कतै तारहरुलाई व्यवस्थित गरिदैंछ। पोलहरु भएका स्थानमा नेपालसहित ६ राष्ट्रकै झण्डा एंव बिम्स्टेक लेखिएको झण्डा राखिएको छ।
काठमाडौँको तिनकुनेलाई झनै झकीककाउ पारिदैंछ। त्यहाँ रहेको खुल्ला जग्गाको वरिपरि नेपालका विभिन्न स्थानका मनोरम प्राकृतिक दृश्य, कलासंस्कृति, सम्पदाहरु लगायतका तस्विरहरुलाई व्यवस्थित तरिकाले सजाईदैंछ। हेर्नुहोस् डिसीनेपालका फोटो पत्रकार आर्यन धिमालले क्यामेरामा कैद गरेका केही तस्विर