विश्वकै धनी अभिनेताको सुचिमा अक्षय कुमार र सलमान खान ! शारुख परेनन्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते ११:५१

एजेन्सी । अमेरिकी विजनेस म्यागजिन फोब्रसले सन् २०१७-१८ मा सर्वाधिक आम्दानी गर्ने अभिनेताहरुको सुची सार्वजनिक गरेको छ । यो सुचीमा दुई बलिउड अभिनेता अक्षयकुमार र सलमान खान पनि परेका छन्।

बलिउड अभिनेता अक्षयकुमार र सलमान खान सबै भन्दा धेरै कमाउने अभिनेताको सुचिमा टप टेन भित्र परेका छन् । अक्षय सातौं र सलमान नवौं स्थानमा छन् । यसअघि टप टेनमा पर्दै आएका शाहरुख खान भने यसपाली बाहिरिएका छन् ।

फोब्रसका अनुसार सलमानले एक वर्षमा तीन करोड ८५ लाख डलर आम्दानी गरेका छन् । अघिल्लो वर्षको तुलनामा उनको आम्दानी बढेको छ । सुजुकी मोटरसाइकल र क्लोरोमिन्ट गमको विज्ञापनबाट पनि उनले आम्दानी गरेका हुन् ।

तर, यो वर्ष अक्षयका फिल्महरु बक्स अफिसमा लगातार सफल भएकाले अर्को वर्ष उनको स्थान झन् माथि पुग्ने अनुमान छ । सलमानलाई अक्षयले उछिन्दै चार करोड ५ लाख डलर कमाएका छन् ।

२०७५ भदौ १० गते ११:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर