रियल प्रेम जोडी सौगात र सृष्टि पहिलो पटक एकसाथ पर्दामा, “मासु भात”मा बाँध्दैछन् जोडी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १२:२०

रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा हेर्ने दर्शकको रहर अब पूरा हुने भएको छ । गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका यो कपललाई लिएर निर्देशक सञ्जीव न्यौपानेले फिल्म बनाउन लागेका छन् ।

उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात-सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् ।

अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

२०७५ भदौ १० गते १२:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर