तेस्रो खेलमा पनि नेपालको जीत, श्रीलङ्का ५ विकेटले पराजित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १२:४१

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित हात पारेको छ । आइतबार भएको खेलमा स्थानिय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटको जित निकालेको हो ।

मलेसियामा अगष्ट २९ तारिख देखि सुरु हुने एसिया कप छनौटका लागि नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको हो । कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२।४ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो। नेपालका लागि कप्तान पारस खड्काले ५८९५७० तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५९६५० रनको पारी खेलेका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९।५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। उसका हासान हिवानाइकेले ५९, आयना श्रीवर्दनेले ३६ तथा मादुरा लकमलले ३१ रन जोडेका थिए। नेपालका सोमपाल कामीले ३ तथा करण केसी र सागर पुनले समान २–२ विकेट लिए। यसअघि नेपालले स्थानिय आर्मी क्लब तथा ब्लुमफिल्ड क्लबमाथि जित हात पारेको थियो। नेपाली टोली भोली मलेसिया प्रस्थान गर्नेछ।

२०७५ भदौ १० गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर