आज तीन अङ्कले घट्यो शेयर बजार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १२:४७

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १७५दशमलव७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०दशमलव५७ विन्दुले घटेर २४८दशमलव४२ विन्दुमा कायम भएको छ ।

कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् । उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४ दशमलव १७ विन्दुले बढेको छ । बैंकिङ १।०३, होटल ०।०४, विकास बैंक ११ दशमलव ५, जलविद्युत् २ दशमलव ०६, वित्त १ दशमलव ६१, निर्जीवन बीमा ४२ दशमलव ४८, अन्य २।७, माइक्रोफाइनान्स १२।६२ र जीवन बीमा १ दशमलव ८८ बिन्दुले घटेको छ ।

स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् । यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

२०७५ भदौ १० गते १२:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर