भीम रावलले मागे विशेष समय, फेरी आयो यस्तो अभिव्यक्ति (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते १२:४७

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण सडक देखि सदनसम्म बहस र विवादको विषय बनेको छ।
यो प्रकरणमा अत्याधिक आलोचित बनेका थिए नेकपा सांसद एवं पूर्व गृहमन्त्री समेत रहेका भीम रावल।
रावलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कञ्चनपुर घटना भड्काउन भुमिका खेलेको आरोप लगाएपछि झनै उग्र बनेको भनिएको आन्दोलनले एक किशोरको ज्यान लियो।
कञ्चनपुर घटनाका बारेमा रावलले एक अन्तरवार्तामा अनुसन्धान प्रभावित पार्ने काम नेपाली कांग्रेस र केही तत्वहरूले गरिरहेको भन्ने अभिव्यक्ति दिएपछि स्थिति झनै बिग्रेको भन्दै रावल निकै विवादमा तानिएका थिए।
त्यही विवादका बीच रावलले आइतबारको प्रतिनिधि सभा बैठकमा १० मिनटको विशेष समय लिएर आफ्नो प्रष्टिकरण दिएका छन्।
हेर्नुस् संसदमा रावलको यो अभिव्यक्तिः
२०७५ भदौ १० गते १२:४७ मा प्रकाशित