बलात्कारी बाबाका लागि बोरा भरेर के आउँछ जेलमा ? हुलाक विभाग र जेलमा हंगामा
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते १२:५६

एजेन्सी। बलात्कार अभियोगमा जेलमा सजाय काटिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमित राम रहिम सिंहका कारण भारतको हुलाक विभाग र जेल प्रशासनमा हंगामा भएको छ । बाबाका लागि बोरा भरिनेगरी पार्सल आउन थालेपछि हंगामा मच्चिएको छ । आज राखीको दिन बाबाका लागि हुलाकमार्फत लाखौं राखीहरु आएका छन् । सबै राखीहरु हुलाक या कुरियरमार्फत आएका छन् ।
हजारौं प्याकेटहरु देशभरका अनेकौं हुलाक कार्यालयमा पुगेका छन् । सबै प्याकेटमा रक्षा सूत्र छन् । रक्षाबन्धन पर्वको अवसरमा बोरा भरेर आएका राखीका कारण हुलाक विभाग र जेलमा काम मात्र होइन तनाव पनि बढेको छ । हुलाकका कर्मचारीलाई राखीको प्याकेट लिएर रेकर्ड राख्न र त्यसलाई सम्बन्धित क्षेत्रको लागि छुट्याउन हैरान भएको छ । जेलको सुरक्षाको जिम्म लिएका अधिकारीको पनि बेहाल भएको छ । यहाँ सुरक्षाका दृष्टिले हरेक प्याकेटलाई राम्रोसँग तलासी लिइएको छ ।
राखीको बहानामा जेलभित्र कुनै विद्युतीय उपकरण नपुगोस् भनेर उनीहरुको राम्रोसँग जाँच गरिएको छ । प्यकेट यति धेरै आएका छन् कि सबैलाई स्क्यान गर्नु जेलको लागि टाउको दुखाइ बनेको छ । सानो गल्तीले पनि भयानक परिणाम आउन सक्नेभ एकोले जाँचमा कडाइ गरिएको छ । यही बहानामा बाबाले जेलबाट भाग्ने योजना बनाएको आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।