उद्यम गर्न चाहनेलाई सरकारले बिनाधितो पाँच देखि १० लाख सम्म ऋण दिने
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते १४:००

काठमाडौं । उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । आइतबार काठमाडौंको किङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रिय युवा उद्यमी छनौट कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्यम गर्न चाहनेलाई धितो नराखी ऋण दिने भएका हुन् ।
मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु नपर्ने मन्त्री बिस्टले बताएका छन् ।यसै बिच उनले श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताए ।
२०७५ भदौ १० गते १४:०० मा प्रकाशित