ग्याष्ट्रिकको समस्या हुनेले भुलेर पनि नखानुहोस् यी खानेकुरा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १४:०९

काठमाडौं। ग्याष्ट्रिकलाई नेपाली जनताको लागि आम रोग मानिन्छ । अधिकांश नेपाली ग्याष्ट्रिकको समस्याबाट पीडित छन् । केही यस्ता खानेकुराहरु छन् जसले ग्याष्ट्रिकको समस्या निकै बढाउँछन् । ती खानेकुराहरुबाट टाढै रहने हो भने ग्याष्ट्रिकको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । अमेरिकाकी पोषणविज्ञ क्याली केनेडीका अनुसार हामीले आफ्नो दैनिक खानामा परिवर्तन गरेर यो समस्या धेरै घटाउन सक्छौं । केनेडीले केही खाने कुराहरु बताएकी छिन् जसले ग्याष्ट्रिकको समस्या बढाउँछन् र यस्तो समस्या भएकाले यी खानेकुराबाट टाढै रहनुपर्छ ।

१. सुख्खा गेडागुडीः सुख्खा गेडागुडी ग्याष्ट्रिकको समस्या ल्याउने सबैभन्दा ठूलो कारक हुन् । सुख्खा गेडागुडीमा रेफिनोज नामको तत्व पाइन्छ । राजमा, सुख्खा केराउ, चना लगायतका गेडागुडी सुख्खा नै खाने हो भने यसले ग्याष्ट्रिकको समस्या बढाउँछ । यसमा कम्प्लेक्स सुगर हुन्छ जसलाई पचाउन निकै कठिन हुन्छ ।

२. ओट्स (जौ)ः ओट्स पनि ग्याष्ट्रिक बढाउने ठूलो कारक तत्व हो । ओट्स जुनसुकै रुपमा खाए पनि यसले ग्ािष्ट्रकको समस्या बढाउँछ । यसमा ठूलो परिमाणमा सोल्युबल फाइबर हुन्छ । ओटाकिल, ओट्स वा ओटामिल कुकिज जेसुकै खाए पनि ग्याष्ट्रिकको समस्या बढ्छ ।

३. दूध, आइसक्रिम र चीजः ल्याक्टो एक किसिमको सुगर हो जो हरेक डेरी उत्पादनमा हुन्छ । जसको शरीरमा लेक्टेज इन्जाइम पर्याप्त बन्दैन उनीहरुलाई ल्याक्टो पचाउन निकै कठिन हुन्छ । यी दूधजन्य पदार्थले ग्याष्ट्रिकको समस्या बढाउँछन् ।

४. सोडा र कोल्ड ड्रिंकः सोडा र सफ्ट ड्रिंक वा कोल्ड ड्रिंकले ग्याष्ट्रिकको समस्या बढाउँछन् । यी ड्रिंकमा फ्रक्टोज नामको तत्व प्रयोग गरिएको हुन्छ जुन पच्न कठिन हुन्छ र ग्याष्ट्रिकको कारण बन्छ ।

२०७५ भदौ १० गते १४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर