भगवानलाइ किन चढाइन्छ नरिवल ? यस्तो छ अनौठो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १४:५९

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ । नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ। नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ नरिवललाई ।

उत्पति कसरी भयो?
कहिले प्रयोग गरिन्छवैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन। तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ। यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ।

नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ।

भगवानलाइ किन चढाइन्छ नरिवल?
शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ । यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ। परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालियो ।

तर नरिवल नै किन छानियो?
मानिस को सट्टा नरिवल नै किन प्रयोग गरियो त ? मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो रे। नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको भनि भनिन्छ । पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले।

सांकेतिक अर्थ
नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ।

हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए। सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

२०७५ भदौ १० गते १४:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर