अहिलेसम्मकै महंगो म्युजिक भिडियो सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १४:५१

काठमाडौं । अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरुको नयाँ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा गायक सुमन केसीको स्वरमा उक्त गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ। उदयराज पौडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन्।

भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन्।

ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले अभिनयमा साथ दिएकी छिन्। झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैयाँ लगानी गरिएको बताइन्छ।

मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ। भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ।

भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन्। सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समूहले छायांकन गरेको हो।

भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन्। राजिव समर भिडियोका कोरियोग्राफर हुन्।

२०७५ भदौ १० गते १४:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर