युवतीको पिशाबको व्यापार ! पिशाब बेचेरै करोडपति

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १५:०९

एजेन्सी । अमेरिकामा एक यूवति पिशाब बेचेरै करोडपति बनेको समाचार प्रकाशित भएको छ । त्यो पनि पे्रग्नेन्सी पोजेटिभ पिशाब ।
समाचारअनुसार अमेरिकाको फ्लोरिडाकी एक कलेज गर्ल गर्भवती भएकी थिइन् । उनले एक वेब साइटमा विज्ञापन गरिन् ।

उनले प्रिग्नेन्सी जाँचको २८ डलर लिने विज्ञापनमा उल्लेख गरेकी थिइन् । यस्तै उनले आफ्नो एक दुई थोपा पिशाब पनि बेच्ने बताएकी थिइन् । यो विज्ञापनपछि उनले पिशाबको व्यापार सुरु गरिन् । उनले पिशाब बेचेर दैनिक २०० डलर आम्दानी गर्थिन् । उनको विज्ञापन भाइरल भएपछि पिशाब किन्न महिलाहरुको भीड लागेको बताइएको छ ।

खासमा उनको पिशाब किन किन्थे भन्ने विषय अँझ रोचक छ । प्रिग्नेन्ट भएको बताएर केटाहरुलाई ब्ल्याकमेल गर्न महिलाहरु ती यूवतिबाट पिशाब किन्ने गरेको बताइएको छ । केटाहरुले धोका दिने शंका भएका यूवतिहरु ती यूवतिबाट प्रिग्नेन्सी पोजेटिभ पिशाब लिएर ब्ल्याकमेल गर्ने गरेको बताइएको छ ।

ती यूवतिको यो धन्दा त्यतिबेला पर्दाफास भयो जब एक टेलिभजनले स्टीङग रिपोर्ट गर्यो । ब्ल्याकमेल गर्न उनको पिशाब प्रयोग हुने गरेको खुलासा भएपछि पिशाबको व्यापार बन्द भएको छ भने ती पिशाब व्यापारी यूवतिलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७५ भदौ १० गते १५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर