मोदीमाथि किन खनिए राहुल गान्धी ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १५:२९

एजेन्सी । यूरोप भ्रमणमा रहेका काँग्रेस आईका अध्यक्ष राहुल गान्धी लगातार विजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तिखो टिप्पणी गरिरेहेका छन् । शनिबार बेलायतमा आयोजित एक कार्यक्रममा उनी मोदीमाथि निकै आक्रमक बने ।

ओभरसिज काँग्रेसको कार्यक्रममा बोल्खै राहुलले मोदीले भारतीयको अपमान गरेको बताए । ७० वर्षसम्म काँग्रेसले केही नगरेको भन्ने मोदीको टिप्पणी भारतको अपमान भएको उनको भनाई छ । उनले भारत स्वतन्त्र भएपछि धेरै कुरामा अगाडी बढेको भन्दै प्रधानमन्त्री मोदीको टिप्पणीले काँग्रेसको नभइ भारतकै अपमान भएको बताए ।

आगामी वर्ष भारतमा आम निर्वाचन हुँदैछ । यसका लागि सत्तारुढ दल विजेपी र विपक्षी दल काँग्रेसबीच अहिलेदेखि नै आरोपप्रत्यारोप सुरु भइसकेको छ । अँझ भनौ एकअर्काप्रति कटाक्ष गर्ने रणनीति दुबै दलले लिएका छन् । जहाँ मोदी गान्धी परिवार र काँग्रेसमाथि खनिन्छन् उँही काँग्रेस नेताहरु रासस र विजेपीमाथि खनिन्छन् ।

२०७५ भदौ १० गते १५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर