१ करोड २२ लाख वन लिएर फरार रहेका पूर्व अध्यक्ष शाह विरुद्ध अर्को विज्ञप्ती

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १० गते १६:२२

सेर साङबो शेर्पा
सौल कोरिया । एनसिसी दक्षिण कोरियाद्वारा अर्को प्रेश बिज्ञप्ति जारी गरिएको छ।

नेपाली मजदुरहरुको अभिभावकको रुपमा परिचित संस्था कोरिया बिभिन्न समस्यामा परेका नेपालीहरुको हितमा महत्वपूर्ण भूमिका निभाउदै आईरहेका नेपाल सम्पर्क समिति दक्षिण कोरियाको पुर्व अध्यक्ष प्रेम कुमार शाहले एनसिसिको अध्यक्ष पदमा रहँदादेखिको संस्थाको आर्थिक हिसाब वर्तमान कार्य समितिलाई जिम्मा नलगाई फरार भएका भन्ने विषयमा आज सौलमा बैठक बसेको छ।

अब पुर्व अध्यक्ष शाहलाई बैठकमा उपश्थित हुन पत्रचार गरे पनि प्रेमले विभिन्न बहाना बाजी गर्दै आपत बिपतमा परेको नेपालीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले मजदुरहरुबाट बिभिन्न शीर्षकमा संकलन गरिएको उक्त रकम वर्तमान अध्यक्ष अन्जु केसी कानूनी रुपमा केही कमजोर रहेको फाइदा उठाउदै उसले आफ्नो व्यक्तिगत स्वार्थमा वर्षौंदेखि प्रयोग गर्दै आइरहेको र थप गर्न नपाएको भन्ने जस्तो घृणित कार्य गरेको भन्दै वर्तमान अध्यक्ष अन्जु केसीले आपत्ति जनाएको छिन्।

शाह दिएको उजुरीको आधारमा आज अध्यागमनले बैठकमा प्रहरीद्वारा छापा मारिएको छ। पुर्व अध्यक्ष प्रेम शाहलाइ राजनैनिक दलको भातृ संगठनको प्रत्यक्ष साथ सहयोग रहेकोले निजले उक्त कार्य उच्च मनोबलका साथ गरिरहेको एनसिसिकी अध्यक्ष अन्जु केसीको आरोप छ।

त्यसैको बिरोध स्वरुप एनसिसिले आज पूर्ण विज्ञप्ति जारी गर्दै १ करोड २२ लाख वन लिएर बेपत्ता भएका निवर्तमान अध्यक्ष प्रेम शाहलाई कडा रुपमा प्रस्तुत भई मजदुर वर्गको आर्थिक अशुल गर्ने एनसिसिले जनाएको छ।

 

२०७५ भदौ १० गते १६:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर