यो मन्दिरमा गएपछि भाई बहिनी पनि बन्छन् दम्पती, यस्तो छ रहस्य
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते १६:२५

एजेन्सी । दुनियामा यस्ता कयौं अनौठा स्थान छन् जसकाबारेमा सुनेपछि दिमाग खराब हुन्छ । यहाँ यस्तै अनौठो विषयबारे समाचार प्रकाशित भएको छ।
भारतको उत्तरप्रदेशस्थित जालौन जिल्लमा एक मिनार छ । जसलाई लंका मिनारका नामले चिनिन्छ । यस मिनारमा रावण र उसका परिवारको मुर्ति राखिएको छ । यो मिनारको उँचाई २१० फिट छ जसलाई मथुरा प्रसाद नाम गरेका व्यक्तिले १ लाख ७५ हजार रुपैयाँ खर्च गरेर बनाएका थिए । यस लंका मिनारको निर्माण यसै कलियुगमा भएको बताइन्छ ।
अनि प्रश्न उठ्छ की मिनारमा रावण र उसका परिवारको मुर्ति किन राखियो ? रावणलाई पूजा गर्नेहरु कोही छैनन् । यो मिनारसँग सम्बन्ध राख्ने दुई खास कुरा छन् । पहिलो कुरा के हो भने यो मिनार बनाउने मथुरा प्रसादले धेरै वर्षसम्म रामलीलामा रावणको भूमिका निभाएका थिए जसका कारण मानिसहरु उनलाई रावणकै नामले चिन्थे । मथुराले यो मिनार १८५७ निर्माण गरेका थिए । यो मिनार बनाउन २० वर्ष लागेको बताइन्छ।
मिनारमा एक एक शिव मन्दिर पनि बनाइएको छ । रावण शिव भक्त भएकाले सो मन्दिर बनाइएको बताइएको छ । यो मिनारमा भाइ र बहिनीलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । यसको कारण के हो भने मिनारको माथिल्लो भागसम्म पुग्न सात फेरा लगाउनुपर्छ । सात फेरा लगाउने केटाकेटी श्रीमानश्रीमती बन्ने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो ।
हिन्दु परम्पराअनुसार ७ फेरा लिएपछि बिहे भएको मानिन्छ ।