पहिरोमा परी नुवाकोटमा बालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ०:००

नुवाकोट । पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आइतबार पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

बाख्रा गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्युभएको थियो ।

२०७५ भदौ ११ गते ०:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर