२४ वर्षीया महिलाको सामूहिक बलात्कृत, तीन युवा पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते २:२०

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे ।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

२०७५ भदौ ११ गते २:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर