बार्सिलोनाद्वारा सलाहलाई विश्वकै महँगो खेलाडी बनाएर किन्ने प्रस्ताव

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ३:२३

एजेन्सीं– बार्सिलोनाले लिभरपुलका स्टार मोहम्मद सलाहका लागि कीर्तिमानी प्रस्ताव गरेको छ।

स्पेनिस पत्रिका डन बालोनका अनुसार बार्सिलोनाले मोहम्मद सलाहका लागि २ सय ५० मिलियन यूरोको प्रस्ताव पठाएको हो।

जुन हाल विश्वका विश्वकै महँगो खेलाडी नेमारले पाएको रकम भन्दा बढी हो। बार्सिलोनाबाट नेमार पीएसजी पुग्दा २ सय २२ मिलियन यूरो पाएका थिए।

गत सिजनमा प्रिमियर लिगको गोल्डन बुट जितेका सलाहले यसअघि रियल म्याड्रिडसँग पनि जोडिएका थिए। रोनाल्डोले म्याड्रिड छाडेपछि उनको स्थानमा सलाहको नाम जोडिएको थियो।

बार्सिलोनाले उसको परम्परागत प्रतिद्धद्धि म्याड्रिड भन्दा एक कदम अघि बढ्दै सलाहलाई कीर्तिमानी प्रस्ताव गरेको हो।

सलाहले भने आफू लिभरपुलमा खुशी हुँदै आएको बताउँदै आएका छन्।

२०७५ भदौ ११ गते ३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर