बल्खु तरकारी बजारमा एकाबिहानै विभागको छापा, अधिकांश पसल अवैध
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते ३:५२

काठमाडौं । बल्खुस्थित तरकारी बजारमा सरकारी टोलीले सोमबार बिहानै छापा मारेको छ । सोमबार बिहान ४ तरकारी बजारमा छापा मारेर उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ।
विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने व्यापारी रवि साहलाई पक्राउ गरिएको हो । व्यापारीहरूले सरकारी टोलीमाथि अभद्र व्यवहार समेत गरेका थिए । उनीहरू हुलहुज्जसमेत गरेपछि तरकारी व्यापारी साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिए ।
सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको जनाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको पाईएको हो ।
त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो ।
I will create website design, website mockup, wordpress landing page design for 20$
Link : https://bit.ly/websitedesign6