अमेरिकाको फ्लोरिडामा गोली प्रहार हुँदा दुईको मृत्यु, ११ घाइते
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते ४:५५

बीबीसी। अमेरिकाको फ्लोरिडा राज्यमा भएको गोलीबारीमा दुई जनाको मृत्यु भएको भने ११ जना घाइते भएको समाचार छ। फ्लोरिडाको जेक्सन्विल शहरको ज्याक्सनविल ल्याडिङ नाम गरेको शपिङ, इन्टरनेनमेन्ट र डाइनिङ कम्प्लेक्शमा गोलीबारी भएको बीबीसीले जनाएको छ।
जेन्सन्विलका अधिकारीले ट्विट गर्दै घटनामा धेरै मानिस घाइते भएको बताएका थिए। प्रहरीले सो क्षेत्रमा नजान सर्वसाधारणलाई अपील गरेको छ। बीबीसीका अनुसार आक्रमणकारी पनि सो घटनामा मारिउका छन्। आक्रमणकारी २४ वर्षीय डेविड कट्ज रहेको र उनी बाल्टिमोरका रहेको बताइएको छ।
उक्त घटना इन्टरटेनमेन्ट कम्पलेक्शभित्र एक रेष्टुरेन्टमा चलिरहेको भिडियो गेम टुर्नामेन्टका क्रममा भएको हो। यो टुर्नामेन्टको लाइभ भिडियोमा कयौं पटक गोली चलेको आवाज सुन्न सकिन्छ। यो टुर्नामेन्टमा भाग लिएका प्रतियोगी घटना घटेको समयमा अमेरिकी फुटबल गेम मेडन खेलिरहेका थिए।
लस एन्जिलस टाइम्सका अनुसार एक एक खेलाडीले हारेपछि गोली चलाएका थिए र पछि आफैंलाई पनि गोली प्रहार गरेका थिए। आक्रमणकारीको तत्काल मृत्यु भएको थियो।
फ्लोरिडामा यसअघि २०१६ मा पल्स नाइटक्लबमा पनि गोलीबारी भएको थियो। जुन घटनामा ४९ जनाको मृत्यु भएको थियो। योसँगै यही वर्षको फेब्रुअरीमा पार्कल्याण्डस्थित एक स्कुलमा भएको गालीबारीमा १७ जनाको मारिएका थिए।