महोत्तरीमा आठ महिने बालिका अपरहण

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ६:३०

महोत्तरी । महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन् । जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् ।

महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको र अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ती व्यक्ति औरही बजारमा आइरहने र चिनेजानेकै भएकाले आइतबार साँझ ६ः३० बजे ती बालिकालाई खेलाउने क्रममा घरबाटै लिएर हिँडेका थिए । बालिकाको खोजतलास भइरहेको र अहिलेसम्म अवस्थामा पत्ता नलागेको प्रहरी कार्यालयले जनाएको छ ।

२०७५ भदौ ११ गते ६:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर