फोहर बोकेको टिपरले लियो ज्यान

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ६:४०

नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ११ गते ६:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर