निर्मलाका हत्यारा पक्रन कुनै कसर बाँकी राखिन्नः प्रधानमन्त्री ओली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ७:०६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताएका छन् ।

सोमबार विहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलमा उक्त घटनालाई त्राशदीपूर्ण भन्दै ओलीले हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन् र प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो(सीआईबी)लाई पनि परिचालन गरिएको जानकारी दिए।

घटनालगत्तै भएकाे प्रहरी अनुसन्धान प्रति शंका रहेकाे उनकाे भनाइ थियाे। ’पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको हामीले पाएका छौ,’ उनले भने, त्यसैकारण सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको हो। मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी राख्ने छैनौ।’

२०७५ भदौ ११ गते ७:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर