बसन्तपुरमा देखिएको गाईजात्राको रौनक, १० तस्वीर
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते ७:२२

काठमाडौं । परम्परागत रुपमा मनाईदै आईएको गाईजात्रा पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइएको छ । दिवंगत आफन्तको सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा पनि गाईजात्रा निकालेर नगर परिक्रमा गरिएको छ ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक हुने गरेको छ।
यसै अवसरमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही र द्रव्य दान दिने काम गरिएको छ। यसरी नगर परिक्रमा गर्नाले वर्ष दिन भित्र मृत्यु भएका आफन्त गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रही आएको छ।
यसै अवसर पारेर सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ ।
सबै तस्वीर : आर्यन धिमाल
२०७५ भदौ ११ गते ७:२२ मा प्रकाशित