साथीको घर हिँडेकी सुस्मीताको शव फेवातालमा भेटियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ७:४४

पोखरा । आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजे साथीको घर जान्छु भन्दै घरबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।

छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।

फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।

२०७५ भदौ ११ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर