बेँसीशहर सडक भासियो, बस्ती जोखिममा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ८:१३

मनाङ ।  मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बेँसीशहर सडक भासिएको छ । पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ ।

स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

“पहिरो निरन्तर बगेकाले काम गर्न कठीनाइ भएको छ,” उनले भने । सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । सडक मर्मत गर्न दीर्घकालीन योजना बनाउनुुपर्ने उनको भनाइ छ । दिनहुँ बाढीले कटान गरेका कारण यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने स्थानीयवासी पासाङ विष्ट बताए ।

२०७५ भदौ ११ गते ८:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर