आठ महिने बालिकालाई अपहरण गरी हत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १०:४४

काठमाडौँ । महोत्तरीमा अपहरण भएको २० घण्टापछि बालिका मृत अवस्थामा भंगहा नगरपालिका ७ स्थित चौरीमा फेला परेको स्थानीयवासीले जनाएका छन् । सोमबार दिउँसोको समयमा खोजी गर्ने क्रममा बालिका मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए ।

औरही नगरपालिका १ मा संचालित सिद्धान्त फेन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका ८ महिने छोरी सोनाली चौधरीलाई नचिनेको व्यक्तिले खेलाउन लैजान्छु भन्दै आइतबार साँझ अपहरण गरेका थियो । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

२०७५ भदौ ११ गते १०:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “आठ महिने बालिकालाई अपहरण गरी हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर