सलमानको डरले मलाइकालाई छोडेका थिए अर्जुनले ! फेरी एकसाथ देखिए

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ११:३१

एजेन्सी । पछिल्लो समयबाट बलिउड अभिनेता अर्जुन कपुर र मलाईका अरोरा एकअर्कालाई डेट गरिरहेको खबर बाहिर आएको छ । यसै बिच अर्जुन र मलाइकालाई एक साथ देखिएको छ ।

दुबैले मिडियाका सामु यस सम्बन्धलाई खुलाएका छैनन् । दुबैको सम्बन्ध मलाईकाले २ वर्षअघि आफ्ना पति अरबाज खानसँगको सम्बन्धको अन्त्य गरेकी थिइन् ।

मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी हुन् । दुबैको अफेयरको खबर चल्दा सलमान अर्जुनदेखि रिसाएका थिए । सलमान र अर्जुनले एकअर्कासँग कुरा समेत गरेनन् । जबकी सलमान अर्जुनका बुवा बोनी कपूरसँग धेरै नजिक छन् । सलमानको रिश र र बोनी कपूरको सल्लाहका कारण नै अर्जुनले मलाइकासंग दूरी बनाएका थिए ।

लामो समयपछि मलाइका र अर्जुन फेरि एक–अर्काको साथमा देखिए । अर्जुनको छेउमा जाह्नवी कपूर पनि बसेकी थिइन् । अर्जुन मलाइकासँग नभएर जाह्नवीसँग कुरा गर्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

२०७५ भदौ ११ गते ११:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर