नेपाललाई समृद्धिको सपना पूरा गर्न अब धेरै समय छैन् : प्रधानमन्त्री
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १२:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँग आज अन्तरक्रिया गरेका छन् । बालुवाटारमा ओलीले सम्पादकहरुसँग अन्तरक्रिया गर्दै आलोचना गरेपनि सत्यकुरा जनतालाई बताउन आग्रह गरे । नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने उनले बताए।
ओलीले भने, “संयुक्त राष्ट्रसंघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।” प्रधानमन्त्री ओलीले सोका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
२०७५ भदौ ११ गते १२:२६ मा प्रकाशित