बेल एक, फाइदा अनेक ! यि रोगका लागि त झन चमत्कारी ओखती

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १२:५२

एउटा बेल ९ वटा रोगको उपचारमा उपयोगी हुन्छ भन्दा तपाईलाई अचम्म लाग्यो होला । तर यो सत्य हो । बरु तपाईले बेल देख्नु भएको छ कि छैन् ? सरभर देख्नु भएकै होला । मान्छेको घर वरपर पाईने भएपनि यो जंगलमा हुने फल हो । यसको रुख हुन्छ ।

बेलको बाहिरी भाग कडा हुन्छ । यसलाई कतिपयले काँचै टिपेर पानीमा उमालेर पकाउने गर्दछन् । र खाने गर्दछन् । तर रुखमै पाकेको बेल मीठो हुन्छ । बेल खाँदा पेट दुख्ने देखी पित्तको रोग ठिक पार्नमा समेत महत्वपूर्ण भूमिका खेल्छ । बेल सुगरका बिरामीको लागि पनि लाभदायिक हुन्छ| हामीले बेलका केही रोगहरुको उपचारमा हुने उपयोगीताहरु उल्लेख गरेका छौँ ।

१. पेट दुख्ने रोगमा
बालबेललाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ । बाल बेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो ।

२. आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

३. पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

४. झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

५. अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

६. दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

७. दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

८. बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक/दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

९. रुघा–खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

२०७५ भदौ ११ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर