अफगानिस्तानमा हवाई आक्रमण, ५४ जनाको मृत्यु, दर्जनौँ घााईते
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १२:५६

मैमाना, अफगानिस्तान । अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ। उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ।
मारिनेमध्ये दुई जना तालिवान लडाकूका वरिष्ठ कमाण्डर मुल्लाह शाह वाली र मुल्लाह क्यायुम समेत रहेको सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाइले जानकारी दिए।
“तालिवान लडकूहरुको एउटा समूहलाई सरकारी सुरक्षा फौजले हवाई आक्रमण गर्दा कम्तीमा ५४ जना मारिएका छन् भने अरु दर्जनौँ घाइते भएका छन्,” उनले भने।
सुरक्षा अधिकारीहरुले त्यस क्षेत्रमा सुरक्षा कारबाही जारी रहेको जनाएका छन्। घटनाका बारेमा तालिवान लडाकूकोतर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।
२०७५ भदौ ११ गते १२:५६ मा प्रकाशित