बलात्कारी बाबालाई जेलमा आयो १० क्विन्टल चिठी, गाडी रिजर्भ गरेर पुगे हुलाकी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १३:१०

एजेन्सी। बलात्कार अभियोगमा जेलमा रहेका बाबा राह रहिमका लागि १० क्लिन्टलभन्दा बढी तौल बराबरको चिठी आएपछि जेल प्रशासन हैरान भएको छ।

बाबाका अनुयायीले यसअघि उनको जन्मदिनमा हजारौंको संख्यामा शुभकामना सहितका ग्रिटिङ कार्ड पठाएका थिए। अहिले रक्षाबन्धनको अवसरमा राखीसहितका चिठीको ओइरो लागेको छ। जेल सूत्रका अनुसार राम रहिमलाई आएका राखीको तौल १ टनभन्दा बढी छ।

यी सबै चिठी जेल पुर्याउन हुलाक विभागले गाडी नै रिजर्व गरेको थियो। चिठी आउन अझै बन्द भएको छैन। यस्ता चिठीमा विद्युतीय उपकरण लुकाइएको हुनसक्ने आशंकाले जेल प्रशासनलाई जाँचमा तनाव भएको छ। यसअघि १५ अगष्टका दिन राम रहिमको जन्मदिन थियो।

त्यतिबेला पनि यस्तै गरी चिठी आएका थिए । त्यसको ११ दिनमै रक्षाबन्धन परेपछि अहिले पुनः चिठीको वर्षा भएको हो।

२०७५ भदौ ११ गते १३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर