झापामा जिप दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १३:५९

झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको सवारी दुर्घटनामा परी अरु चारजना घाइते भएका छन् ।
मे१ज ४५३३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भइ सडकमा नै पल्टिँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०७५ भदौ ११ गते १३:५९ मा प्रकाशित