ओली सरकारलाई चुनौती, काँग्रेसले थाल्यो भित्र भित्रै यस्तो तयारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १३:२०

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न विषयका विज्ञहरूले प्रस्तुति दिइरेहका छन्।

तीनै तहका सरकारले जथाभावी कर लगाएको भन्दै सर्वसाधारणबाट आक्रोश बढेपछि काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग पहिलो चरणमा यो कार्यक्रम गरेको जनाएको छ। स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा काँग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन्।

कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यन्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिनेछन्।

सो कार्यक्रममा पार्टीका नेताका साथै अन्य विभिन्न क्षेत्रका विज्ञले पूरक टिप्पणी गर्नुहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। समापन सत्रमा काँग्रेसको तर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिका विषयक कार्यक्रम हुनेछ। पछिल्लो समय स्थानीय सरकारले जथाभावी करको बबण्डर मच्चाइरहेको भन्दै व्यापक गुनासो केन्द्र समक्ष पनि छ। काँग्रेसले खासगरि ओली सरकार लाई ने असफल देखाउने रणनीतिका साथ यो कदम लिएको आँकलन गरिएको छ।

२०७५ भदौ ११ गते १३:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर