हनीप्रीतले ‘कोड शब्द’मा लेखेको डायरी ११ महिनापछि सुल्झियो, खुले यस्ता रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १३:२४

एजेन्सी । गतवर्ष ३८ जनाको ज्यान जानेगरी भारतको एक प्रदेशभरी दंगा गराउने हनीप्रीतको कोड शब्दमा लेखिएको डायरी अन्ततः इन्फोर्समेन्ट डिपार्टमेन्ट (इडी)ले सुल्झाएको छ।

यसमा डेरा सच्चा सौदा प्रमुख गुरमित राम रहिम सिंहका विषयमा धेरै रहस्यहरु उल्लेख भएको बताइएको छ। गत वर्ष सेप्टेम्बरमा प्रहरीले हनीप्रीतसँगबाट यो डायरी बरामद गरेको थियो।

हनीप्रीतको डायरीमा ‘वायानाड केरला लैंड’, ‘मशीन वेट कम करने वाली’, ‘हिमाचल की लैंड न्यू’, ‘दार्जिलिंग लैंड’, ‘न्यू लैंड ऑरेंज कांउटी की दूसरी तरफ’, ‘मनी ट्रांसफर रिजॉर्ट टुडे’, ‘हिमाचल की लैंड रिजॉर्ट के नाम करना’, ‘टीम्स फॉर वी ७ इन १२′,’२५ दे दो गर्ग को’ र ‘संजू लैंड गुडगांव’ जस्ता शब्दहरु थिए। यी शब्दको अर्थ नबुझेपछि प्रहरीले डायरी इडीलाई दिएको थियो। डायरीका यी शब्दको अर्थ बुझ्दै जाँदा करोडौंको सम्पत्तिको खुलासा भएको छ।

२०७५ भदौ ११ गते १३:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर