तौल घटाउन खानुहोस् रातो खुर्सानी !
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १४:५१

तपाईको तौल बढी छ ? अनि रातो खुर्सानी कत्तिको खाने गर्नु भएको छ त ? यदि तौल बढी छ भने रातो खुर्सानी खान सुरु गर्नुहोला । तर खुर्सानी खाँदा ख्याल गर्नुहोला । कतिपय रोगमा खुर्सानीको सेवन हानिकारक हुनसक्छ ।
एक अनुसन्धनले रातो खुर्सानीले तौल घटाउन सहयोग गर्ने देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार हाम्रो शरीरमा २ प्रकारका फ्याट कोष हुन्छन् – एउटा सेतो र अर्को खैरो । सेतो फ्याट कोष शरीरका लागि खराब मानिन्छ ।
रातो खुर्सानीले सेतो फ्याट कोषलाई खैरोमा बदलेर मोटोपना कम गर्ने अनुसन्धानले देखाएको हो । साथै रातो खुर्सानीले क्यान्सर, मुटुरोगबाट बचाउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । तर हामीले माथि भने जस्तै कतिपय रोगमा खुर्सानीको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने भएकाले चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खुर्सानी सेवन गर्नुपर्छ ।