सुटिङ सकेर निकलाई भेट्न प्रियंका पुगिन् अमेरिका

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १४:४८

एजेन्सी। प्रियंका चोपडासँग इंगेजमेन्टपछि निका जोनस अमेरिका गएका थिए । यता प्रियंका फिल्म ‘द स्काइ इज पिंक’को सुटिङमा व्यस्त भएकी थिइन् । हालै प्रियंका र निक जोनसका तस्वीर सार्वजनिक भएका छन् । रोचक त के भने यी फोटोमा प्रियंका निकको हात समाइरहेकी देखिइनन् ।

सगाइपछि प्रियंका निकसँग भेट्न पहिलोपटक अमेरिका पुगेकी हुन् । प्रियंका यसअघि पनि अमेरिका गएको भए पनि त्यतिबेला यी दुइको विवाहको घोषणा भएको थिएन । जानकारीका अनुसार यो तस्वीर क्यालिफोर्नियाको मालिबु शहरको हो ।

२०७५ भदौ ११ गते १४:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर