भदौरे झरिमा भिजिन् सांसद गायीका कोमल ओली (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १४:५१

काठमाडौँ । तिजको आगमनसँगै तिजका गितहरु पनि गुन्जिन थालिसकेका छन् । महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् ।

विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा लोकप्रिय गायिका कोमल ओलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।

मालती डिजिटल प्रा।लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल ओलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् । सन्ध्या के।सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।

२०७५ भदौ ११ गते १४:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर