पुष्पा केसी पोस्टमार्टम रिपोर्ट हेर्दा गाउँले नै चकित, प्रहरी कार्यालयमा नाराजुलुस

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १४:५४

पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन्। हत्या भएको उनीहरुको आशंका छ। लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका अगाडी प्रदर्शन गरिरहेका छन्।

अस्पतालले झुठो रिपोर्ट दिएर घटनालाई तोडमोड गर्न खोजेको उनीहरुको आरोप छ। झुठो रिपोर्ट फिर्ता ले, सत्यतथ्य छानवीन गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर उनीहरुले विरोध गरेका छन्। यसअघि नेविसंघ कास्कीले पनि विज्ञप्ती निकालेर घटनाको विरोध जनाएको छ।

सभापति बिक्रम गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा बलात्कार प्रयास पछि हत्या भएको भन्दै हत्यारालाई पत्ता लगाएर कारबाही गर्न माग गरिएको छ। परिवारले पनि हत्या भएको आरोप सहित प्रहरीकोमा जाहेरी दिएका छन्। पुष्पाकी आमा गोमा केसीले छोरी सुस्त मनस्थितिको भएको भन्दै आत्महत्या नभई हत्या नै भएको बताएकी छिन्।

२०७५ भदौ ११ गते १४:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर