एउटा चलाख कुकुर जसले मासुको टुक्राको भरमा शहरभरी काटमार मच्चाइदियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १५:२४

एजेन्सी। भारतको गया शहरमा शुक्रबार शहरका सबै प्रहरी एउटा कुकुरको पछि लागे । उनीहरुलाई त्यो कुकुर खोज्न दिनभरी लाग्यो । यो कुकुरले शहरको साम्प्रदायिक सन्तुलन यतिसम्म बिगारिदिएको थियो कि शहरबासी एक अर्काको ज्यानका दुश्मन बनेका थिए । मासुको टुक्राका कारण शहरभरी साम्प्रदायिक दंगा मच्चिएको थियो ।

शहरबासीले मशाल जुलुस निकाले र बजार बन्द गराए । तीन दिनदेखि मासुको टुक्राका कारण शहर तनावग्रस्त थियो । हिन्दूको मन्दिरमा मासुको टुक्रा भेटिएपछि हिन्दूहरुले यो काम मुस्लिम समुदायका मानिसहरुले गरेको भन्दै आक्रोशित भएका थिए । शहरको माहोल बिग्रिएपछि प्रहरीले सिसिटिभी फुटेज जाँच गर्दा थाहा भयो बकरिदको दिनदेखि बंदीको दिनसम्म मन्दिरमा मासुको टुक्रा एउटा कुकुरले ल्याएर राख्ने गरेको थियो ।

बकरिदको दिन मन्दिरमा मासुको टुक्रा भेटिएपनि त्ये कसले ल्याएको भन्ने स्पष्ट हुन सकेको थिएन । भोलिपल्ट बिहीबार पनि अर्को मन्दिरमा मासु भेटियो । त्यसपछि सिसिटिभी जाँच गर्दा कुकुरले मासु ल्याएको देखियो । शुक्रबार त केही स्थानीयले पनि त्यही कुकुरलाई मासुको टुक्रा ल्याएर मन्दिरमा राख्दै गरेको देखे । उनहिरुले कुकुर समात्ने प्रयास गरे पनि कुकुर भाग्यो । शुक्रबार दिनभरको प्रयासपछि कुकुर समातिएको छ । त्यो कुकुरलाई के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । कुकुर प्रहरीको नियन्त्रणमा छ ।

२०७५ भदौ ११ गते १५:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर