यी महिलाको उमेर कति होला ? तपाईको अनुमानले पनि खानसक्छ धोका

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १५:३९

एजेन्सी । अष्टे्रलियाको पर्थ शहरमा बस्ने क्यारोलिन हट्र्ज तीन सन्तानकी आमा हुन्। उनलाई झट्ट हेर्दा उनको उमेर ३०, ३५ वर्षको जस्तो देखिन्छ। तर धेरैले उनको उमेरबा बारेमा गरेको अनुमानले धोका खाने गर्दछ।

तीन सन्तानकी आमा क्यारोलिनक अहिले ७० वर्षकी भएकी छिन्। उनको योवन देखेर धेरैले उनको उमेरमा विश्वास गर्न सकेका छैन्। उनको उमेरलाई लिएर धेरैले आलोचन गरिरहेका छन् र उनलाई धोकेबाज समेत बताएका छन्।

क्यारोलिनले आफ्नो यौवनको सबैभन्दा ठूलो राज चिनी नखाने बताएकी छिन्। उनले ४१ वर्षको उमेरमा प्री डायबिटीज भएको थाहा भएपछि चिनी नखाएको बताएकी छिन्। उनी २८ वर्षदेखि गुलियो चिजबाट टाढा छिन्।

यस बाहेक उनले नियमित रुपमा व्यायाम गर्ने गर्दछिन्। उनले ४५ वर्षको उमेरमा बास्केटबल खेल्न सुरु गरेकी थिइन्। क्यारोलिनले निद्रा पनि भरपुरमात्रामा लिने गरेको बताउछिन्। यी सबै कुरा उनको सुन्दरता र यौवनका लागि सहयोगी बनेका छन्।

२०७५ भदौ ११ गते १५:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर