कुवेतमा समुन्द्रमा डुबेर एक जना नेपालीको मृत्‍यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते २३:४८

कुवेत । कुवेतमा समुन्द्रमा डुबेर एक जना नेपालीको मृत्‍यु भएको छ।

साविकको अर्मला गाबिस कास्कीमा स्थायी घर भइ पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समयदेखि कुवेतमा कार्यरत तीर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।

राहदानी नं ०८१०६८६४ भएका ४१ वर्षीय तीर्थ बहादुरको शुक्रबार दिन मृत्‍यु भएको हो । उनि वैदेशिक रोजगारको शिलसिलामा कुवेत पुगेका थिए। कुवेतको अलकुत कम्पनीमा कार्यरत विक केही समयदेखि अबैधानिक रुपमा काम गर्दै आएका थिए।

विकको समुन्द्रमा डुबेर मृत्‍यु भएको पुष्टी भएको नेपाली दुताबास कुवेतका द्धितीय सचिब ज्ञान बहादुर मगरले बताए।

पुरानो कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका तीर्थ बहादुरको शव पठाउने सम्बन्धमा कानुनी प्रकृया शुरु गरिए पनि पुरानो कम्पनीले मृतक बिरुद्द कम्पनी छोडेर भागेको मुद्दा हालिएको हुँदा टिकटको समेत समस्या परिरहेको जनाएको छ।

२०७५ भदौ ११ गते २३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर