निर्मला हत्याकाण्ड : नियन्त्रणमा लिइएका बम दिदीबिहीनीको ६ दिन म्याद थप
आजको खबर | प्रकाशित : २०७५ भदौ १२ गते ०:०३

काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका बम दिदीबहिनीलाई अनुसन्धानका लागि जिल्ला अदालत कञ्चनपुरबाट ६ दिनको म्याद लिइएको छ ।
निर्मला हत्याकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले भीमदत्तगर १८ का रोश्नी बम र अनिता भनिने बबिता बमलाई पक्राउ गरेको थियो ।
निर्मला गत साउन १० गते रोश्नीकै घरमा गएकी थिइन् । रोश्नीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । स्थानीय तथा पीडित परिवारले निर्मला हत्याकाण्डबारे बम दिदीबहिनीलाई जानकारी भएको आरोप लगाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले उनीहरुलाई म्याद थप गरेर ल्याइएको र थप अनुसन्धान सुरु गरिएको बताए ।
२०७५ भदौ १२ गते ०:०३ मा प्रकाशित