प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट शुरु
आजको खबर | प्रकाशित : २०७५ भदौ १२ गते १:०२

काठमाडौं । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।
उनले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएका छन् ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको थियो ।
विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो । तर सोमवार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताएका छन् ।
कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाएका छनु । पूर्व लडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी बढ्दै गएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारका हालका मन्त्रीहरु मध्ये गृहमन्त्री थापाले साढे ३३ किलो सुनकाण्डको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरमा ल्याउने काम गरेका थिए । गृह मन्त्रीकै पहलमा बर्षोदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउने काम सम्पन्न भएको थियो भने काम नगर्ने ठेकेदारलाई कारवाही गर्न एक्सन लिएपछि बर्षोदेखि अलपत्र विकास निर्माणको कामले गति लिन शुरु गरेको थियो ।
गृहमन्त्री थापाले गैर सरकारी संस्थाका संचालकहरुको सम्पत्ति विवरण बुझाउने पर्ने नीति अगाडि सारेपछि प्रधानमन्त्री ओलीले गैससका संचालकको दवावमा सम्पति बिवरण बुभाmउने कार्यलाई तत्काल रोक्न डाडो आदेश दिएका थिए।
सम्पादकहरुको भेटमा प्रधानमन्त्री ओलीले एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको कुरा आफूले सुनेकाले यो कसको आदेशमा कसले गरेको हो, कसरी गरेको हो, २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन गृह मन्त्रालयमा पत्र पठाएको जानकारी दिए। अनधिकृत ढंगले या गैरकानूनी ढंगले कुनै व्यक्तिको स्वतन्त्रताको हकमा तलमाथि पर्ने गरी केही भएको छ कि छैन, हेर्नु पर्यो भनेर लिखित स्पष्टिकरण मागिएको दावी प्रधानमन्त्री ओलीले गरेका छन् ।
गत असार २३ गते विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाटै फर्काइदा भने प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई स्पष्पिटकरण सोधेका थिएनन् । बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुर्याएर अपमानजनक ढंगले त्यहांबाट फिर्ता पठाइएको थियो ।
सरकारको उक्त कदमप्रति सांसद, राजनीतिक दल र शिक्षाविद्धहरुले तीव्र विरोध जनाएका थिए । संसदमा नै सरकारप्रति प्रश्न उठेपछि गृहमन्त्री रामबहादुर थापाले अनुमति विना नै क्यानडा भ्रमणमा जान लागेकाले उनलाई फर्काइएको जवाफ दिनु परेको थियो ।
विष्टलाई गृह मन्त्रालयले रोक्नुको कारण
गृह मन्त्रालयले पूर्व लडानु लेनिन विष्टलाई गैरसरकारी संस्थाको कार्यक्रममा थाइल्याण्ड जान लाग्दा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता गरेपछि सर्वत्र चासोको विषय बन्न पुगेको थियो ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अन्तराष्ट्रिय कल बाइपासमा संलग्न भएको अभियोगमा लेनिनले एक बर्ष जेल भुक्तान गरेका थिए । नाकावन्दीको समयमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको, धम्क्याएर चन्दा उठाएको अभियोगमा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका विष्टमाथि सरकारले अयोग्य लडाकूको नाममा दिएको रकम एक्लै खाएको आरोप लाग्दै आएको छ ।
गृह मन्त्रालयका अनुसार शान्ति मन्त्रालयबाट अयोग्य लडाकूको नाममा आएको १५ लाख रुपैया लिएर संगठनबाट विष्ट अलग भएका थिए ।
त्यसैगरी माओवादी द्धन्द्धकालमा बाल सेनाको रुपमा प्रयोग भएको र आफू स्वयं बालसेना रहेको जनाई नेपालको बदनाम गराउने र दातालाई भडकाउने योजना सहित कार्यक्रममा सहभागी हुन जाने क्रममा गृह मन्त्रालयले बिष्टलाई रोकेको बताइएको छ । ती उच्च अधिकारले भने, ‘बिष्टमाथि संगठनको नाममा बिभिन्न ब्यक्तिको हस्ताक्षर किर्ते गरेको बिषयमा अनुसन्धान भइरहेकाले विदेश जान रोक लगाइएको हो ।’ नेपाल समाचारपत्र