जनप्रतिनिधिकै घरमा ‘छाउगोठ’ !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ३:२१

वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० का निर्वाचित वडासदस्य हुन् ।

सामाजिजक विकृति र कुरीति अन्तयका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरम छाउगोठ छ ।

घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् ।

स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ ।

तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन् झन् बढ्दै गएको देखिएको छ ।

महिनावारी भएको बेला छाउँगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ तर, आफ्नै घरकाले मान्दैनन्, महिनावारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्, वडासदस्य भण्डारीले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

२०७५ भदौ १२ गते ३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर