पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १२ गते ३:३३

मस्को । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।

यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।
उनकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक र्याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए ।

नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ १२ गते ३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर